कालीकोटमा एम्बुलेन्स दुर्घटना,२ जनाको मृत्यु २ जना घाईते

कालीकोटमा एम्बुलेन्स दुर्घटना,२ जनाको मृत्यु २ जना घाईते

केन्द्रबिन्दु
12
Shares

जुम्ला।कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। जुम्लाबाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ को मेयरखोला नजिक सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो।

बाट बिरामी लिएर नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स खाँडाचक्र नगरपालिका–२ को मेयरखोला नजिक सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ३२ वर्षीय भीमबहादुर अधिकारी र २६ वर्षीय चालक शक्तिबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ७१ वर्षीय कलबहादुर अधिकारी र २० वर्षीय लोकेन्द्र शाही रहेका छन्। उनीहरुको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

Logo