मध्यविन्दु (नवलपरासी)। लगातारको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन फस्ने समस्या भएपछि यातायात पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार घिउखोला र विश्वकर्मा मन्दिर आसपासको उकालो क्षेत्रमा सवारी साधन चिप्लिएर गुड्न नसक्दा लामो जामसमेत लागेको छ। मालवाहक सवारीसाधनलाई अरुणखोला क्षेत्रमा रोकिएको छ।
नारायणगढ–बुटवल सडक आयोजनाले सडक खुलाउने प्रयासस्वरूप प्रभावित स्थानमा ग्राभेल हालेर मर्मत कार्य भइरहेको जनाएको छ।
निर्माण कार्य पूरा नभएकाले दाउन्ने खण्डमा सामान्य वर्षामा पनि बारम्बार सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।





























प्रतिक्रिया