हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर रिहा भए ओली-लेखक

हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर रिहा भए ओली-लेखक

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर रिहा गरेको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईका अनुसार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई परिवारको जिम्मा लगाएर छाडिएको हो।

जेन्जी आन्दोलन घटनासम्बन्धी छानबिन आयोगको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा दुवै नेतालाई पक्राउ गरिएको थियो। तर अनुसन्धानका क्रममा मुद्दा दायर गर्न पर्याप्त आधार र प्रमाण नदेखिएको भन्दै रिहाइ गरिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि सर्वोच्च अदालतले पनि उनीहरूविरुद्ध मुद्दा दायर गर्ने वा तोकिएको म्यादभित्र रिहा गर्ने आदेश दिएको थियो। सोही आदेशअनुसार कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको हो।

लामो कानुनी प्रक्रिया र राजनीतिक चर्चाबीच अन्ततः दुवै नेता हाजिरी जमानीमा रिहा भएका छन्, तर अनुसन्धानको फाइल भने औपचारिक रूपमा बन्द भएको छैन।

Logo