काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएसँगै एमालेले सरकारमाथि कडा प्रश्न उठाएको छ । एमाले महासचिव शंकर पोखरेलले दुवै नेताको पक्राउ औचित्यहीन रहेको दाबी गरेका छन्। उनका अनुसार १० दिनसम्म हिरासतमा राख्दा पनि आरोप पुष्टि हुन नसक्नुले सरकारको कदममाथि गम्भीर प्रश्न खडा भएको छ ।
“पूर्वाग्रही प्रतिवेदनका आधारमा गरिएको गिरफ्तारीको औचित्य पुष्टि हुन सकेन, अन्ततः हाजिरी जमानीको सहारा लिनुप-यो,” पोखरेलले भनेका छन् ।
पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई प्रतिशोधपूर्ण र अपूर्ण भन्दै त्यसैको आधारमा गरिएको पक्राउलाई गैरकानुनी कदमको संज्ञा दिएका छन्। उनले यस घटनालाई राजनीतिक प्रतिशोधको परिणाम भएको आरोपसमेत दोहो-याएका छन्।





























प्रतिक्रिया