बाँके, ६, माघ

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । "/>

अस्पतालले चढायो अर्कै समूहको रगतः बिरामीको दुवै मिर्गौला फेल !

अस्पतालले चढायो अर्कै समूहको रगतः बिरामीको दुवै मिर्गौला फेल !

केन्द्रबिन्दु
0
Shares

बाँके, ६, माघ

भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् । महिनावारी हुँदा अत्याधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।

रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए । उनलाई भेरी अञ्चल अस्पतालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकले काठमाडौं रिफर गर्ने तयारी गरेका छन् । ‘केही आशा अझै बाँकी रहेकाले डाइग्नोसिस भइरहेको छ,’ डा. आचार्यले भने, ‘भेरी अस्पतालका डाक्टर साबहरूले रिफर गरिसक्नु भएको छ, तैपनि केही गर्न सकिन्छ कि भनेर थप डाइग्नोसिस गरेर हेर्दै छौँ ।’ उनलाई काठमाडौं स्थित वीर अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पतालको भनार्इ छ ।

यसैविच चिकित्सकले दिएको प्रेस्क्रिप्सन भन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए । यता कर्मचारीको लापरबाहीले रुमाको स्वास्थ्य बिग्रिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकारे । चिकित्सकको प्रेस्क्रिप्सन भन्दा विपरीत समूहको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवैको गल्ती भएको उनले बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको गल्ती देखिन्छ,’ उनले भने ।

नयाँपत्रिकाबाट

Logo