काठमाडौं,६,माघ
नेपाललाई ट्रान्जिट बनाएर थाइल्याण्डको राजधानी बैंकक हुँदै तेश्रो मुलुक पठाउन खोजिएको एक किलो नौ सय ५८ ग्राम कोकिन सहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । "/>

चार करोडको कोकिन सहित २ विदेशी नागरिक पक्राउ

चार करोडको कोकिन सहित २ विदेशी नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,६,माघ
नेपाललाई ट्रान्जिट बनाएर थाइल्याण्डको राजधानी बैंकक हुँदै तेश्रो मुलुक पठाउन खोजिएको एक किलो नौ सय ५८ ग्राम कोकिन सहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले बोलिभियन नागरिक फ्रेड्डी ममानी अन्डीया र थाई नागरिक खुन्जाई खनारातलाई ठमेलबाट नियन्त्रणमा लिएको हो । घटना सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एनसीबी प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले भने, ‘अन्डीयाले बोलिभियाबाट लागूऔषध कोकिन बोकेर ल्याएका थिए। काठमाडौंमा उक्त कोकिन रिसिभ गर्न थाइल्याण्डबाट खुन्जाई आएकी थिइन्।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पिछा गरेर नियन्त्रणमा लिन सफल भइयो’, एनसीबीका अनुसार अन्डीयाले सुटकेस भित्र फल्सबटम बनाएर कोकिन बोलिभियाबाट ब्राजिल हुँदै अफ्रिकन मुलुक इथियोपियाबाट भारतको दिल्ली हुँदै नेपाल ल्याएका थिए । अन्डीया पेशाले वर्कसपमा काम गर्ने भएपनि उनले साथी मार्फत् तीन हजार अमेरिकी डलर पाउने आशामा नेपालमा कोकिन बोकेर ल्याएका थिए। उनलाई बस्न र खानपीनको लागि बोलिभियाबाटै ठमेलमा होटलको व्यवस्था गरिएको थियो।
अन्नपूर्णबाट

Logo