आईपीएल : कोलकातामाथि लखनउको रोमाञ्चक जित

आईपीएल : कोलकातामाथि लखनउको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। आईपीएल अन्तर्गत भएको खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ। पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा १८१ रन बनाएको थियो। जवाफमा लखनउले ७ विकेट गुमाएर १८२ रन जोड्दै लक्ष्य भेट्टायो।

लखनउको जितमा आयुश बधोनी र मुकुल चौधरीले समान ५४–५४ रनको उत्कृष्ट इनिङ खेले। कोलकातातर्फ अरोरा र रोयले २–२ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस जितसँगै लखनउले सिजनमा दोस्रो जित निकालेको छ भने कोलकाताले चौथो खेलमा तेस्रो हार बेहोरेको छ।

Logo