तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। आज देशका विभिन्न क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान छ। मौसम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी तथा केही तराई क्षेत्रमा पनि मौसम बदली भई एक–दुई स्थानमा पानी पर्न सक्छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना देखिएको छ।

राति पनि कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहने जनाइएको छ।

Logo