हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

केन्द्रबिन्दु
3
Shares

राँझा। नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गमा रहेका साँघुरा पुललाई चार लेनमा विस्तार गर्ने काम सुरु गरिएको छ। चार लेन सडक भए पनि पुल दुई लेनका मात्र हुँदा यातायातमा समस्या देखिएपछि विस्तार प्रक्रिया अघि बढाइएको हो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका अनुसार नयाँ संरचना बनेपछि सवारी आवागमन अझ सहज हुने अपेक्षा गरिएको छ। बाँकेको खजुरा–जानकी सीमास्थित किरण नाला र बर्दियाको बढैयातालस्थित चपला नालामा चार लेनका पुल निर्माण सुरु भइसकेको छ। किरण नालामा करिब ४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको हाल जग निर्माणको काम चलिरहेको छ।

पुरानो दुई लेनको पुल यथावत राखेर त्यसकै छेउमा थप दुई लेनको नयाँ पुल निर्माण गरिँदै छ। आगामी असारभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसैगरी चपला नालामा पनि चार लेनको पुल निर्माण गर्ने तयारी अघि बढाइएको छ। यस्तै, खजुरा–३ स्थित पेडारी नालामा चार लेन पुल निर्माण कार्य भने समयअगावै सम्पन्न भइसकेको छ।

यस विस्तारसँगै हुलाकी राजमार्गमा यातायात सहज हुने र ट्राफिक जामको समस्या घट्ने अपेक्षा गरिएको छ।

Logo