दमौली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको सङ्ख्या बढ्दै

दमौली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको सङ्ख्या बढ्दै

केन्द्रबिन्दु
3
Shares

तनहुँ। प्रदेश आयुर्वेद चिकित्सालय दमौलीमा आयुर्वेदिक उपचारतर्फ बिरामीको आकर्षण बढ्दै गएको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा २२ हजार ८५६ जनाले सेवा लिएका छन्।

तनहुँसँगै लमजुङ, कास्की, चितवन र गोरखासहित छिमेकी जिल्लाबाट पनि बिरामी उपचारका लागि आउने गरेको चिकित्सालयले जनाएको छ।

सेवा छिटो, सहज र प्रभावकारी भएकाले बिरामीको सङ्ख्या बढ्दै गएको सूचना अधिकारी सोमकान्त पौडेलले बताउनुभयो। महिनागत रूपमा हेर्दा पुस महिनामा सबैभन्दा बढी बिरामी उपचारका लागि आएका छन्।

चिकित्सालयमा दैनिक ३५ देखि ६५ जना बिरामी आउने गरेका छन्। अधिकांश बिरामी पेटसम्बन्धी समस्या लिएर आउने गरेको जनाइएको छ।

ओपिडी सेवा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुँदै आएको छ। चिकित्सकका अनुसार अम्लपित्त, बाथ, श्वासप्रश्वास, सुगर, प्रेसर तथा महिला स्वास्थ्यसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढी छ।

Skip This
Skip This
Logo