स्वरोजगार प्रवर्द्धनका लागि इलाम नगरपालिकाले दियो उद्दमीहरुलाई ल्यापटप

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नगरपालिकाले दियो उद्दमीहरुलाई ल्यापटप

केन्द्रबिन्दु
3
Shares

फिक्कल। स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ।

‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा उद्यमीहरूलाई ल्यापटप उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार विगतमा सीप विकास तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरूलाई छनोट गरी प्रविधिमार्फत व्यवसाय विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ल्यापटप वितरण गरिएको हो।

कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहालका अनुसार डिजिटल प्रविधिको प्रयोगले उद्यमीहरूको कामलाई सहज बनाउने र बजार विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ।

ल्यापटप पाएपछि उद्यमीहरूले व्यवसाय व्यवस्थापन र अनलाइन बजार विस्तारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।नगर क्षेत्रमा ललिपप उद्योग, मौरीपालन, अचार उत्पादन, सिलाइकटाई, राइस मिल, सोलार सर्भिस, चिया प्रशोधन, हस्तकला लगायतका व्यवसायमा संलग्न उद्यमीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्।

Logo