काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।
हिजोमात्रै श्रममन्त्री दिपक साहलाई पदमुक्त गरेका प्रधानमन्त्री शाहले दुई जनालाई मन्त्री नियुक्त गर्न लागेका हुन् । मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।
उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।





























प्रतिक्रिया