विष्फोटक ब्याटिङले पञ्जाबको सानदार जित

विष्फोटक ब्याटिङले पञ्जाबको सानदार जित

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग २०२६ मा पञ्जाब किंग्सले सनराइजर्स हैदराबादमाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। २२० रनको विशाल लक्ष्य पछ्याएको पञ्जाबले १८.५ ओभरमै मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

पञ्जाबको जितमा कप्तान श्रेयस अय्यरले अविजित ६९ रनको कप्तानी पारी खेले। उनले मात्र ३३ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए। त्यसअघि ओपनर प्रियांश आर्यले मात्र १६ बलमा अर्धशतक प्रहार गर्दै खेलको जग बसालेका थिए। उनले २० बलमा ५७ रन बनाए भने प्रभसिमरन सिंहले २५ बलमा ५१ रनको योगदान दिए।

टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक ब्याटिङ गर्दै मात्र २८ बलमा ७४ रन जोडे।

उनले आफ्नो पारीमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए। अर्का ओपनर ट्राभिस हेडले ३८ रन र हेनरिक क्लासनले ३९ रन बनाए पनि टोलीको विशाल योगफललाई बलरहरूले जोगाउन सकेनन्।

पञ्जाबका बलर शशांक सिंहले २ विकेट लिएर हैदराबादको रनको गतिमा केही अंकुश लगाएका थिए। हैदराबादका शिवङ कुमारले ३ विकेट लिए पनि अन्य बलरहरू महँगो सावित भए। यो जितसँगै पञ्जाब किंग्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने हैदराबादले यो सिजनको तेस्रो हार व्यहोरेको छ।

Logo