काठमाडौं ।
ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नवराज सिलवालको खोजिकार्य प्रहरीले तिव्र बनाएको बताएको छ । सिलवाललाई पक्राउ गर्न प्रहरीले सातवटै प्रदेशमा सर्कुलर जारी गरेको छ ।
प्रहरीको यो कदम पछि सिलवालले सामाजिक सञ्जाल ट्वीटरबाट त्यसको डटेर सामना गर्ने बताएका छन् । शुक्रबार बिहान एक ट्वीट गर्दै सिलवालले लेखेका छन् ।
‘म जनताको प्रतिनिधि हुँ र कानूनको परिपालक एक जिम्मेवार नागरिक पनि हुँ । समय सकिन लाग्यो भन्ने हतारोमा राजनीतिक प्रतिशोध साध्न शक्तिको गलत प्रयोग गरी आफ्नो विपक्षीलाई प्रहार गर्ने जुन नौटंकी प्रदर्शन हुँदैछ, सत्यको जगमा त्यसको डटेर सामना हुनेछ ।’
शक्तिको दुरुपयोग कसले गरेको छ र कसले प्रतिशोध साध्यो भनेर उनले स्पष्ट उल्लेख त गरेका छैनन् तर उनको संकेत वर्तमान सरकारप्रति रहेको बुझ्न सकिन्छ ।
केहि समय अघि सिलवाल मलेशियामा रहेको खवर आएपनि अहिले उनि अमेरिकामा रहेको सार्वजनिक भएको छ ।
यो पनि पढ्नुहोस
सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना !
हामीले नवराज सिलवाललाई फेला पार्न सकेनौं : काठमाडौं प्रहरीलाई ललितपुरको पत्र
पूर्व डिआइजी सिलवाल विरुद्ध पक्राउ पुर्जी जारी
मत माग्न खेतमा धान काट्न जाने सिलवाल धन्यबाद दिन घोडामा सवार !





























प्रतिक्रिया