सुनसरी,५,माघ
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सडकमा फेला परेको रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । माघ १ गते साँझको समयमा दुहवी भलुवा ३ स्थित ट्राफिक प्रहरीपोष्ट देखि २० मिटर उत्तरमा ट्राफिक चेकजाँच गरिरहेको अवस्थामा फेला परेको नगद ६५ हजार रुपैयाँ विहीबार ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जिल्ला सुनसरी दुहवी ६ बस्ने विरजु कुमार साहलाई हस्तान्तरण गरेका हुन् । रकम फेला परेपछि ट्राफिक प्रहरीले सार्वजनिक सूचना मार्फत सम्बन्धित व्यक्ति सम्म खबर पुर्याएको थियो।
नागरिकबाट





























प्रतिक्रिया