सिन्धुपाल्चोक, ५, माघ
तातोपानीबाट बाह्रबीसेतर्फ आउँदै गरेको ना १ च ९९५० नंको बोलेरो गाडी हिजो अपराह्न बाह्रबीसे नगरपालिका–६ सखुवा स्थित अरनिको राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबीसे– ८ मानेश्वराकी गोमा तामाङ, वडा नंं ६ का पासाङ तामाङ र वडा नंं ९ की समीक्षा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
राजमार्गमा अनियन्त्रित भई गाडी दुर्घटना भएको बताइएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा अन्य आठ जना घाइते भएकोमा सोही अस्पतालमा उपचार भइहेको छ । रासस





























प्रतिक्रिया