नेता राजेन्द्र बजगाईंले छाडे कांग्रेस

नेता राजेन्द्र बजगाईंले छाडे कांग्रेस

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद राजेन्द्र बजगाईंले पार्टी त्यागेकाे घाेषणा गरेका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र दलीय संस्कारप्रति कडा प्रहार गर्दै नेता बजगाईंले वर्तमान राजनीतिको कुरुप चित्रलाई चित्रण गर्दै आफू अन्ततः कांग्रेसमा सामेल नभएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बजगाईंले नेतृत्वको कार्यशैली र राजनीतिक इमान्दारितामाथि प्रश्न उठाएका हुन्। उनले भद्र भनिएका राजनीतिक पात्रहरूको व्यवहार र सर्वसाधारणको अवस्थालाई मार्मिक रूपमा तुलना गरेका छन्।

“भद्र भनिएका मानिसहरूका हात गोबरले लतपतिएका छन् र उनीहरू ढाडमा घाँसको भारी बोकेर हिँडिरहेका छन्,” बजगाईंले भनेका छन्, “निर्दोष नागरिकहरू भने अनुहारमा आशा बोकेर हिँडिरहेका छन्, जसले सत्य कुरा पछि मात्र थाहा पाउनेछन्।”

Logo