३ दिने अन्तरराष्ट्रिय क्यान्सर सम्मेलन सुरु

३ दिने अन्तरराष्ट्रिय क्यान्सर सम्मेलन सुरु

केन्द्रबिन्दु
0
Shares

आज देखि ३ दिने अन्तरराष्ट्रिय क्यान्सर सम्मेलन सुरु भएको छ । आज विहान सम्मेलनकोे उद्घाटन गर्दै प्रधानमन्त्री शेर बहादुुर देउवाले विगतमा नेपाली जनताकोे स्वास्थ्य सुधारको लागी सरकारले उल्लेखनीय काम गरेको र क्यान्सर जस्तो घातक रोगको उपचारको लागी सरकारले दिदैँ आएको सहुलियत स्वरुप औषधी उपचार खर्च आगामी दिनमा वृद्धि गरी उपलब्ध गराउने तवरले वातावरण सिर्जना बताए ।

सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल सरकारले एक लाख दिँदै आएको छ । नेपालमा वार्षिक ५० हजारको हाराहारी क्यान्सर जस्तो खतरनाक रोगको नयाँ रोगी देखा पर्न थालेकोले यसमा सरकार संवेदनशिल रहेको प्रधानमन्त्री देउवाले बताए ।

त्यसैगरी कार्यक्रममा स्वस्थ्यमन्त्री दिपक वोेहराले क्यान्सरको प्रमुख कारण सुर्तीजन्य पदार्थ भएकोले यसकोे विरुद्ध ब्यापक रुपमा जनचेतना जगाउनु पर्ने बताए । साथै उनले क्यान्सर जस्तो खतरनाक रोगको विरुद्धमा स्वास्थ्य मन्त्रालयले जस्तो जुकै कदम उठाउन सक्ने बताए । उनले आगामी आर्थिक बर्ष देखि सुर्तीजन्य ,अल्कोहल र धुम्रपान जस्तो पदार्थमा कर वृद्धि गर्न सरकारलाई आग्रह गर्ने बताए । क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा रु पाँच लाखसम्म सहयोग पु-याउनुपर्छ भनेर स्वास्थ्य मन्त्रालयद्धारा अर्थमन्त्रालयमा प्रस्ताव गईसकेको छ, अर्थमन्त्रालयले यसलाई स्वीकृत ग¥यो भने यो सहयोग बिरामीले छिट्टै पाउने मन्त्री बोहराले बताए ।

त्यस्तै कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री एवं हालका शिक्षामन्त्री गिरीराज मणि पोखरेलले क्यान्सरबाट सबै भन्दा बढि मृत्यु हुनेमा नेपाल दोस्रो स्थानमा रहेको बताए । उनले नेपालमा क्यान्सर रोगको बिरामी बढ्नुमा लापरवाहा जीवनशैली, प्रदूषण, बढ्दो औषत आयु यसका मुख्य कारण रहेको बताए । त्यसैले सरकारले यस तर्फ पनि ध्यान दिन अतिआवश्य रहेको मन्त्री पोेखरेलले औल्याए । उनले क्यान्सर रोग कुनै एउटा देशमा मात्र सीमित नभएको यसको निवारणको लागी अन्र्तराष्टिय स्तरबाट नै कुनै ठोस नीति बन्नु पर्नेमा जोड दिए । क्यान्सर रोगले ग्रसित विरामीहरु अधिकांस देशमा रहेको हुनाले यो जारीे ३ अन्र्तराष्टिय क्यान्सर सम्मेलनले साझा धारण बनाउनु पर्नेमा समेत जोड गरे ।

नेपाल अर्बुद रोग निवारण संस्थाले आयोजना गरेको अन्र्तराष्टिय सम्मेलनममा संस्थाका अध्यक्ष लाकेन्द्र बहादुर श्रेष्ठले क्यान्सर रोग शरीरको जुनसुकै अंगमा लाग्न पनि सक्छ । तर फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर हुनेको संख्या विश्वमा नै धेरै रहेको बताए । उनले पछिल्लो समय नेपालमा धुम्रपान गर्नेको संख्या बढेसँगै फोक्सोे क्यान्सरका रोगी बढेको औल्याए । फोक्सो क्यान्सरको रोग मध्ये ८० प्रतिशत रोेग धुम्रपानकै कारणले देखिएको अध्यक्ष श्रेष्ठले बताए  । उनले धुम्रपान जस्तो बस्तुमा करको दयरा हालको भन्दा तेब्बर बनाउने रणनीती सरकारले बनाउनु पर्नेमा जोड दिए । साथै उनले धुम्रपान जस्तो हानिकरक बस्तुको ग्रामिण क्षेत्रमा समेत जनचेतना फैलाउनु पर्नेमा सरकारको ध्यान जान अति आवश्य रहेको बताए ।

संस्थाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल र क्यान्सर काउन्सिल अस्ट्रेलियासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा अमेरिका, बेलायत कम्बोडिया, स्पेन, भुटान, भारत, श्रीलंका, म्यानमार, मलेसिया, बंगलादेश, दक्षिण कोरिया, बेलायत, मंगोलिया, ताइवानलगायत १५ भन्दा बढी देशका अर्बुद रोग विशेषज्ञ, अनुसन्धानकर्ता, अर्बुदविरुद्धका अभियन्ता, नर्स गरी २५० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलन शनिबार सम्म चल्ने छ ।

Logo