काठमाडौं, ४ माघ ।
काठमाडौंको चावहिलमा एक नवजात शिशुको जीवितै उद्धार गरिएको छ । प्रहरीले फोहोरको थुप्रोमा फालिएको अवस्थामा अन्दाजी ७ दिनकी शिशुलाई उद्धार गरेको हो ।
बिहान करिव सवा ४ बजे गस्तीमा रहेको टोलीले फोहोरको थुप्रोमा बच्चा रोएको सुनेपछि गएर हेर्दा नवजात शिशु फेला पारेको प्रहरीलेजनाएको छ ।
शिशुलाई उद्धार गरी उपचारको लागि काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल पठाइएको बताइएको छ । शिशु फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । शिशुलाई चावहिल स्तुपा नजिकै फोहोरको थुप्रोबाट निकालिएको हो ।





























प्रतिक्रिया