काठमाडौँ, ४, माघ
सरकारले डा. गोविन्द केसीसँग भएको सहमति अनुमोदन गरेको छ । गत पुस २८ गते मध्यराति डा. केसीसँग भएको पाँचबुँदे सहमति बुधबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । "/>

डा. केसीसँगको सहमति अनुमोदन भयो

डा. केसीसँगको सहमति अनुमोदन भयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ४, माघ
सरकारले डा. गोविन्द केसीसँग भएको सहमति अनुमोदन गरेको छ । गत पुस २८ गते मध्यराति डा. केसीसँग भएको पाँचबुँदे सहमति बुधबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । डा. केसीसँगको सहमति अनुमोदनसँगै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा. डा. जगदीशप्रसाद अग्रवालले निरन्तरता पाउने भएका छन् ।

डा. केसीको पहिलो माग नै अग्रवालको पुनर्बहाली थियो । बैठकले डा. अग्रवाललाई नै डिनको रूपमा निरन्तरता दिने पत्र पठाउन त्रिवि उपकुलपति तीर्थ खनियाँलाई निर्देशन दिने निर्णय गरेको छ । तर तीर्थ खनियाँले भने आफू कानुनी रूपमा अगाडि बढ्ने बताउँदै आएका छन् । उनले व्यक्ति तोकेर दिएको निर्देशन नमान्ने बताए ।

नयाँपत्रिकाबाट

Logo