काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनल दोस्रो लेगमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गरे पनि समग्र स्कोर ३–२ ले पछि पर्दा टोली प्रतियोगिताबाट बाहिरिएको छ । मड्रिडमा भएको रोमाञ्चक भिडन्तमा बार्सिलोनाले उत्कृष्ट सुरुवात गरे पनि पहिलो लेगको कमजोर प्रदर्शन अन्ततः घातक साबित भयो।
खेलको चौथो मिनेटमै लामिन यमालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। २४ औं मिनेटमा फेरान टोरेसले अर्को गोल थपेपछि टोलीले २–० को अग्रता बनायो र समग्र स्कोर बराबरीमा ल्याएको थियो। तर ३१ औं मिनेटमा एडेमोला लुकम्यानले एट्लेटिकोका लागि गोल फर्काए। त्यसपछि कुनै पनि टोलीले गोल गर्न सकेन।
दोस्रो हाफमा बार्सिलोनाले निरन्तर आक्रमण गरे पनि गोल गर्न असफल रह्यो। भीएआरले एक गोल अफसाइड ठह¥यायो भने ७९ औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो। अन्तिम मिनेटसम्म बराबरी गोल गर्न नसक्दा बार्सिलोनाको पुनरागमन प्रयास असफल भयो।
एट्लेटिको मड्रिड भने समग्र ३–२ को जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ। अब उसले सेमिफाइनलमा आर्सनल र स्पोर्टिङ सीपीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
बार्सिलोनाको लागि यो जित केवल सान्त्वनामा सीमित रह्यो। पहिलो लेगमा हात परेको अग्रताले एट्लेटिकोलाई अन्तिम आठबाट उक्लिन सहज बनायो।





























प्रतिक्रिया