वीरगन्ज, ४, माघ
वीरगन्जलाई प्रदेश नम्बर २ को राजधानी तोक्न माग गर्दै विगत दुई साता देखिको आन्दोलन र दबाबलाई वेवास्था गर्दै सरकारले बुधबार जनकपुरलाई अस्थायी प्रदेश राजधानी तोकेपछि आन्दोलनले उग्र रुप लिएको छ ।
बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि त्यसको विरोधमा वीरगन्जको आन्दोलनले उग्र रुप लिएको हो। वीरगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै कांग्रेस, एमाले, माओवादी लगायतका दलका नेता कार्यकर्ताको सहभागीतामा गठन भएको वीरगन्ज राजधानी संघर्ष समितिले वीरगन्जको घण्टाघर चोकमा गत पुष २१ गते देखि रिले अनशन गर्दै आएको थियो।
बुधबार अपरान्ह सरकारले वीरगन्जलाई नभइ जनकपुरलाई अस्थायी राजधानी तोक्ने निर्णय गरे लगत्तै वीरगन्जको आन्दोलनले उग्र रुप लिएको हो। जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णय लगत्तै संघर्ष समितिको अगुवाइमा नेता कार्यकर्ताले बुधबार साँझ घण्टाघर चोकमै टायर बालेर नाराबाजी गर्नुका साथै सवारीसाधनमा तोडफोड गरेपछि आन्दोलनले उग्र बनेको छ । जनकपुरलाई अस्थायी राजधानी तोक्ने सरकारको निर्णयको विरोधमा वीरगन्ज राजधानी संघर्ष समितिले बिहीबार वीरगन्ज बन्दको घोषणा गरेको छ। अन्नपूर्णबाट





























प्रतिक्रिया