यी हुन् रास्वपाका संसदीय समितिका सभापतिको उम्मेदवारहरु

यी हुन् रास्वपाका संसदीय समितिका सभापतिको उम्मेदवारहरु

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै समितिको सभापतिको उम्मेदवार टुंगो लगाएको हो।

बैठकले कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बाँस्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिको सभापतिमा आशिष गजुरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा आकृति अवस्थीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन, संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा सुम्निमा उदास, अर्थ समितिको सभापतिमा कृष्णहरी बुढाथोकी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा गणेश कार्की र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

Skip This
Skip This
Logo