भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा गराए उम्मेदवारी दर्ता

भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेसँगै बिहीबार खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई विपक्षी दलहरुको पनि समर्थन रहेको छ ।

खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी छन्।

Logo