सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

केन्द्रबिन्दु
1.18k
Shares

काठमाण्डौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ। छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन अर्थात् बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo