फिल साल्टको अर्धशतक मद्दतमा बेंगलुरुले दिल्लीलाई दियो १७६ रनको लक्ष्य

फिल साल्टको अर्धशतक मद्दतमा बेंगलुरुले दिल्लीलाई दियो १७६ रनको लक्ष्य

केन्द्रबिन्दु
24
Shares

बेंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को २६ औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्ससामु जितका लागि १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। बेंगलुरुस्थित घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनको योगफल तयार पारेको हो।

बेंगलुरुको पारीमा ओपनर फिल साल्टले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय योगदान दिए। उनले मात्र ३८ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाए। अन्य ब्याटरहरूमा टिम डेभिडले २६ रन जोडे भने विराट कोहलीले १९ र देवदत्त पडिक्कलले १८ रन बनाए।

मध्यम सुरुवात गरेको बेंगलुरुले अन्तिम ५ ओभरमा भने लय गुमाउँदा २९ रन मात्र जोड्न सक्यो र महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो।

दिल्ली क्यापिटल्सका बलरहरूले कसिलो बलिङ गर्दै बेंगलुरुलाई ठूलो स्कोर बनाउनबाट रोके । दिल्लीका लागि अक्षर पटेल, कुलदीप यादव र लुंगी एनगिडीले समान २–२ विकेट लिए। अक्षरले ३ ओभरमा मात्र १८ रन खर्चिए भने मुकेश कुमारको नाममा १ विकेट रह्यो।

Skip This
Skip This
Logo