कहिले सकिन्छ कोटेश्वर–कलङ्की सडक निर्माण ?

कहिले सकिन्छ कोटेश्वर–कलङ्की सडक निर्माण ?

केन्द्रबिन्दु
0
Shares

प्रेम कुमार श्रेष्ठ । काठमाडौँ, २ माघ ।

काठमाडौँ महानगरपालिकाको बाहिरी चक्रपथअन्तर्गत कोटेश्वर-कलङ्की सडक निर्माण कार्य पूरा हुन अझै केही महिना लाग्ने भएको छ । आठ लेनको यस सडकको बीच भागमा चार लेन र दायाँबायाँ दुई लेनको सडक हुने छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सडक खण्डको लम्बाई १०.३९ किलोमिटर रहेको छ । आयोजनाअन्तर्गत कलङ्कीमा अण्डर पास सडक निर्माण बनाउने भइको छ । यस अण्डर पास सडकले सवारी जामलाई न्यून गर्न सहयोग गर्ने छ ।

नेपाल सरकार र चीन सरकारबाट सन् २०१२ डिसेम्बर १८ मा सम्झौता भएर सन् २०१३ मार्च १५ बाट सडक निर्माण कार्य सुरु भएको थियो । काम सुरु भएको ४० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना अझ सम्पन्न हुन सकेको छैन ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प र नेपालको संविधान २०७२ जारीसँगै भारत सरकारले नेपालमाथि गरेको नाकाबन्दीले पनि आयोजनालाई प्रभावित पारेको थियो । यसै समयमा संविधान मधेसी जनताको हित विपरित भएको भन्दै मधेसी दलको आन्दोलनले निर्माण कार्यलाई प्रभावित पारेको थियो ।

नेपालमा भएको प्राकृतिक विपत्ति र आन्दोलनले निर्माण कार्यमा प्रभावित भएको भन्दै नेपाल सरकारले समय थप गरिएको थियो । तर, थप गरिएको समयमा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

सडकखण्ड सम्पन्न गर्नका लागि चीन सरकारले पाँच अर्ब नौ करोड सहयोग उपलब्ध गराएको छ भने आवश्यक प्राविधिक र साधन पनि चीन सरकारले नै नेपालमा पठाएको छ । सम्झौताअनुसार चिनियाँ कम्पनीले ग्वार्खो, सातदोबाटो र कोटेश्वरमा आकासे पुलसमेत बनाएको छ ।

कोटेश्वरदेखि कलङ्कीसम्मको सडक निर्माणमा नेपाल सरकारले दोस्रो सम्झौतासहित करिब पाँच वर्षको समय दिएको छ । तर, अझै काम सम्पन्न गर्न ३० प्रतिशत बाँकी रहेको छ ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमका अनुसार सडक निर्माणमा अब ६ महिना बाँकी रहेको छ । पहिलेको तुलनामा काम पनि छिटो भएको छ, तर काम सकिएन भने दास्रो पटक समय थप गर्नुको विकल्प छैन । उनले भने, ुनेपाल सरकारको पक्षबाट पनि छिटो काम गर्न भनिएको छ । उनीहरुले पनि काम तिव्र रुपमा गरेका छन् ।

यो सडकखण्ड पूरा गर्नका लागि अब कलङ्कीमा बन्ने भनिएको ‘अण्डर पास’ बनाउने आधा काम बाँकी रहेको छ । यसैगरी बल्खुबाट कलङ्कीसम्मको काम र केही स्थानमा कालोपत्रे गर्न बाँकी रहेको छ ।

 

Skip This
Skip This
Logo