धुर्मुस सुन्तली फाउण्डेशनले शीतलहरबाट प्रभावितलाई न्यानो कपडा वितरण गरे

धुर्मुस सुन्तली फाउण्डेशनले शीतलहरबाट प्रभावितलाई न्यानो कपडा वितरण गरे

केन्द्रबिन्दु
0
Shares

महोत्तरी, २ माघ ।

धुर्मुस सुन्तली फाउण्डेशनले महोत्तरीको भङ्गाहा नगरपालिकामा शीतलहरबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ ।

नरपालिकाको ४ का अतिविपन्न ३९ मुसहर घरपरिवार र ३१ बातर परिवार गरि ७० परिवारलाई फाउण्डेशनले न्यानो ब्लाङकेट वितरण गरेको जनाएको छ ।

नगर पत्रकार संजाल बर्दिवास, भङ्गाहा नगरपालिका,नेपाल रेडक्रस बर्दिवास उपशाखाको समन्वयमा राहत स्वरुप ब्लाङकेट र बम्बल वितरण गरिएको हो ।

यस्तै नगरपालिकाले पनि बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित हुने भन्दै सार्वजनिक स्थानहरुमा दाउरा वितरण गर्नुका साथै आगो बाल्ने काम गरेको मेयर संजिव साहले जानकारी दिए ।

यस्तै रौतहट जिल्लाको बस्तिपुर, बनरझुला बसन्तपुर का दलित तथा बिपन्न ५० परीवार लाई न्यानो वितरण गरिएको छ ।

फाउण्डेशनका अनुसार होटल तथा पर्यटन व्यावसायि महासंघ प्रदेश नम्बरका वरिष्ठ उपाध्यक्ष उदय सापकोटाको संयोजनमा वितरण गरेको हो ।

Logo