धुलिखेल हुर्खा मार्ग नजिकै एक महिलाको शव भेटियो

धुलिखेल हुर्खा मार्ग नजिकै एक महिलाको शव भेटियो

केन्द्रबिन्दु
0
Shares

धुलिखेल, २ माघ 

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७, हुर्खा मार्ग नजिकै आज बिहान एक महिलाको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले सिन्धुपाञ्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने मानबहादुर थामीकी श्रीमती ४६ वर्षीया जुनीमाया मृतावस्थामा फेला परेको बताउनुभयो ।

“घटनाका बारेमा अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ”, थापाले भन्नुभयो । रासस

Logo