वरुण र कार्तिकको घातक बलिङमा राजस्थान १५५ रनमै अलआउट

वरुण र कार्तिकको घातक बलिङमा राजस्थान १५५ रनमै अलआउट

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत कोलकाता नाइट राइडर्सका बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै राजस्थान रोयल्सलाई १५५ रनमा रोकेका छन्।

आइतबार इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रनको योगफल तयार गर्‍यो।

राजस्थानका लागि ओपनिङ जोडी वैभव सूर्यवंशी र यशस्वी जयसवालले विष्फोटक सुरुवात दिलाएका थिए। सूर्यवंशीले २८ बलमा ४६ रनको सानदार पारी खेले भने जयसवालले २९ बलमा ३९ रन जोडे।

एक समय ९ ओभरमा ८१/१ को बलियो अवस्थामा रहेको राजस्थानले त्यसपछिका विकेटहरू सस्तैमा गुमाउन पुग्यो। मध्यक्रमका ब्याटरहरू ध्रुव जुरेल ५ रन, कप्तान रियान पराग १२ रन र सिम्रन हेटमायर १५ रनले टिमको स्कोर बढाउन संघर्ष गरे।

कोलकाताका स्पिनर वरुण चक्रवर्तीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। उनलाई साथ दिँदै तीव्र गतिका बलर कार्तिक त्यागीले पनि २२ रन खर्चेर ३ विकेट झारेपछि राजस्थानको पारी निकै दबाबमा परेको थियो। त्यस्तै सुनिल नरेनले २ विकेट लिए।

अन्त्यतिर जोफ्रा आर्चरले अविजित ८ रन जोड्दै टोलीलाई १५० को स्कोर कटाए पनि राजस्थानले सोचेअनुरूपको विशाल लक्ष्य प्रस्तुत गर्न सकेन।

Logo