पूजा महतोको सानदार ब्याटिङमा इटालीलाई ११२ रनको लक्ष्य

पूजा महतोको सानदार ब्याटिङमा इटालीलाई ११२ रनको लक्ष्य

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । २०२६ आईसीसी महिला टि-२० च्यालेन्ज ट्रफी अन्तर्गत आज भएको खेलमा नेपालले इटालीसामु जितका लागि ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १११ रनको योगफल तयार पारेको हो।

नेपालका लागि मध्यक्रमकी भरपर्दो ब्याटर पूजा महतोले अविजित ४७ रनको महत्वपूर्ण इनिङ खेलिन्। कठिन समयमा क्रिजमा आएकी महतोले ४४ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेकी थिइन्।

ओपनर विन्दु रावलले १५ र सम्झना खड्काले १६ रन जोडेर टोलीलाई राम्रो सुरुवात दिलाए पनि मध्यक्रममा विकेट लगातार झर्दा नेपाल दबाबमा परेको थियो। कप्तान इन्दु बर्मा १० रनमा आउट भइन् भने अन्य ब्याटरहरूले दोहोरो अंक छुन सकेनन्।

इटालीको घातक बलिङसामु नेपाली ब्याटरहरू खुलेर खेल्न सकेनन्। इटालीका लागि इमिलिया बार्ट्रामले घातक बलिङ गर्दै मात्र २.५ ओभरमा २० रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिइन्। त्यस्तै एलेक्सिया कोन्टोपिराकिस, सेउमिनी कानान्केगे, इलेनिया सिम्स र चतुरिका महामालगेले समान १-१ विकेट बाँडे।

Logo