धादिङ, २,माघ

‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिन सम्म पानी पिउन समेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ । "/>

धादिङको चेपाङ बस्तीमा खानेपानीको चरम अभाव :सिंगै गाउँ सार्ने तयारी

धादिङको चेपाङ बस्तीमा खानेपानीको चरम अभाव :सिंगै गाउँ सार्ने तयारी

केन्द्रबिन्दु
0
Shares

धादिङ, २,माघ

‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिन सम्म पानी पिउन समेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’ चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल लगायतको टोली समक्ष फूलमायाले दुखेसो पोखिन् । गाउँ आएको सरकारी टोली समक्ष फूलमायाले दुखेसो सुनाउँदा प्रमुख जिल्ला अधिकारी सहितको सरकारी टोली गम्भीर भयो ।

फूलमायाले थपिन्, ‘बिरामी भएर पानी बोक्न नसक्दा ११ दिन सम्म मुखमा पानी परेन । छिमेकीलाई पैंचो तिर्छु भनेर पानी ल्याउन भनें । निको भएपछि पेप्सीको बोतलमा पानी ल्याएर पैंचो तिरें ।’ यो पीडा फूलमायाको मात्र होइन, दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ को विकट बस्ती ब्रुसवाङका चेपाङ समुदायका ३६ घरको हो । गाउँको अवस्था अवलोकन गरेपछि प्रजिअ नेतृत्वको सरकारी टोली चेपाङ बस्ती सार्न उपयुक्त हुने निष्कर्षमा पुगेको छ । सरकारी टोलीसँगै ब्रुसवाङ आएका गाउँपालिका प्रमुख हरि डल्लाकोटीले भने, ‘खानेपानी ल्याउने विषयमा धेरै पटक कुरा भए । योजना खर्चिलो एवं दिगो व्यवस्थापनमा समस्या आउने देखिएपछि बस्ती स्थानान्तरणको तयारी भइरहेको छ ।’
अन्नपूर्णबाट

Logo