नुवाकोट,२,माघ
माघे संक्रान्तिको अबसरमा यसपटक पनि नुवाकोटको तारुका र वेत्रावतीमा गोरु जुधाईएको छ । स्पेनको बुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरुमेला सोमवार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन् । "/>

नुवाकोटका विभिन्न ठाउँमा यसरी जुधाइयो गोरु

नुवाकोटका विभिन्न ठाउँमा यसरी जुधाइयो गोरु

केन्द्रबिन्दु
0
Shares

नुवाकोट,२,माघ
माघे संक्रान्तिको अबसरमा यसपटक पनि नुवाकोटको तारुका र वेत्रावतीमा गोरु जुधाईएको छ । स्पेनको बुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरुमेला सोमवार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन् । पछिल्लो १५ वर्ष देखि व्यवस्थित रुपमा नुवाकोटको तारुका र आठ वर्ष देखि वेत्रावतिमा गोरु जुधाइने गरिदै आइएको छ । मेला आयोजक गोसाईकुण्ड युवा कल्वका अनुसार बेत्रावतिमा १० हल गोरु जुधाइएको गोसाईकुण्ड युवा कल्वका पुर्व अध्यक्ष अष्टमान डंगोलले बताए ।

अघिल्लो वर्ष २० हजार भन्दा बढीले मेला अवलोकन गरेकोमा यसपटक २५ हजार भन्दा वढीको सहभागिता रहेको समेत कल्वले जनाएको छ । बेत्रावतिमा १० हल गोरु जुधाइएकोमा रसुवाका रामवहादुर पौडेल प्रथम भए भने नुवाकोट वाहुनडाँडाका चेत वहादुर न्यौपाने दोस्रो भएका थिए । मेलामा सहभागी मध्ये प्रथम हुने गोरु धनीलाई तीन हजार रुपयाँ, दोस्रो हुनेलाई दुई हजार ५ सय रुपयाँ र गोरु सहभागी गराए वापत सहभागी सवैलाई एक हजार पाँच सय रुपैयाँ प्रदान गरिएको पुर्व अध्यक्ष अष्टमान डंगोलले बताए । उता सदियौँ देखि प्रत्येक वर्षको माघे संक्रान्तिमा नुवाकोटको दक्षिणी तारुकाको चन्दनीमा यसवर्ष पनि ३५ हल गोरु जुधाउँदै सोमवार सम्पन्न भएको हो ।

यस वर्ष तारुका लगायत तीन स्थानमा गोरु जुधाउने मेला गरियो । गोरु जुधाई मेलामा नुवाकोटकै तीन स्थानमा ३५ हल गोरु जुधाइएकोे छ । तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनीमा सोमवार २० हल गोरु जुधाइएको हो । नुवाकोटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा नमूना र पहिचानको रुपमा गोरु जुधाइने गरिएको छ । नेपालको सांस्कृतिक मेला प्रवद्र्धनका साथै ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्धेश्यले तारुकामा १२ वर्ष देखि व्यवस्थित रुपमा गोरु जुधाई मेला गरिँदै आएको छ । नेपालकै एकमात्र मेला तथा सांस्कृतिक पहिचान गोरु जुधाइ मेलालाई राष्ट्रिय पर्व वनाउनु पर्ने माग गरिएको छ ।

तारुकाको गोरु जुधाई मेलामा क श्रेणीका विजेता गोरु धनीलाई नगद ६ हजार रुपैयाँ र प्रमाणपत्र तथा उपविजेतालाई चार हजार रुपैयाँ प्रदान गरिएकोे छ । विदुर नगरपालिका वडा नंं. १० स्थित नुवाकोट र रसुवाको सीमामा रहेको वेत्रावतीको ढाँडेवगरमा नेपाल भोट युद्धमा सम्झौता भएको सम्झना स्वरुप हरेक वर्ष माघ १ गते गोरु जुधाई गरेर रमाईलो गर्ने प्रचलन रहि आएको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo