विवादमा गृहमन्त्री गुरुङको स्पष्टीकरण- सेयर लुकाएको होइन, वर्गीकरण गरेको हुँ

विवादमा गृहमन्त्री गुरुङको स्पष्टीकरण- सेयर लुकाएको होइन, वर्गीकरण गरेको हुँ

केन्द्रबिन्दु
2.33k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर सेयर लगानी र सम्पत्तिको स्रोतका सम्बन्धमा उठेका प्रश्नहरूको खण्डन गरेका छन् । आइतबार एक स्पष्टीकरण सार्वजनिक गर्दै उनले आफ्नो लगानी पारदर्शी रहेको र सबै विवरण मन्त्रिपरिषद्को वेबसाइटमा उपलब्ध रहेको दाबी गरेका हुन् ।

‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपप्रति टिप्पणी गर्दै गृहमन्त्री गुरुङले आफूले २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरिसकेको अवस्थामा सानो रकम लुकाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारे । “स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी धितोपत्र बजारकै लगानी समूहभित्र समेटिएको हो,” उनले भनेका छन्, “यो लुकाउने विषय नभएर वर्गीकरणको विषय मात्र हो।”

लगानीको स्रोतमाथि उठेको प्रश्नमा उनले २०८० भदौ २९ गतेको लिखित तमसुक अनुसार ऋण (कर्जा) लिएर सो रकम जुटाएको जानकारी दिए । उक्त सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको स्पष्ट रेकर्ड सुरक्षित रहेको उनको दाबी छ। मन्त्री हुनुअघि गरिएको व्यावसायिक लगानीलाई अपराधको रूपमा चित्रण गरिनु न्यायोचित नभएको उनले उल्लेख गरेका छन् ।

Logo