विश्वकै धनी राजकुमार छन् यस्तो जेलमा, जो फाइभ स्टार होटलभन्दा कम छैन !

विश्वकै धनी राजकुमार छन् यस्तो जेलमा, जो फाइभ स्टार होटलभन्दा कम छैन !

केन्द्रबिन्दु
0
Shares

कुनै बेला उनको लक्जरियस लाइफस्टाइलको चर्चा हुन्थ्यो । उनकौ सौख र रहनसहन सुन्दा आश्चर्यले जिब्रो टोकिन्थ्यो । उनको निजी बिमान विश्वकै महंगो र आरमदायक मानिन्थ्यो ।

उनको बिशाल घरको पनि चर्चा भइरहन्थ्यो । साउदी अरब जस्ता धनी देशकै सर्वाधिक धनी हुन् उनी । अर्थात प्रिन्स अलवलीद बिन तलाल । तर अहिले प्रिन्सको हालत त्यस्तो छैन । उनी जेलमा बन्दी भएका छन् । प्रिन्स अलवलीद बिन तलाललाई होटलको जेलमा राखिएको हो । यो हाई प्रोफाइल लक्जरियस जेलमा आतंककारीलाई राखिन्छ ।

यसअघि उनलाई रियाद रित्ज कार्टन होटलमा राखिएको थियो । उनीमाथि भ्रष्टचारको मुद्दा छ । दुई महिनाअघि साउदीका दुई सय राजकुमार र उच्च अधिकारीलाई पक्राउ गरिएको थियो, जसमा अलवलीद पनि थिए ।

उनलाई खतरनाक कृत्य गर्ने कैदी एवं आतंककारीको जेलमा राखिएको छ । यसमा रहनका लागि लक्जरी सुइटदेखि स्विमिङ पुल, जिमसम्मको सबै सुविधा छ ।
यहाा आउने कैदीलाई त्यस कोठाको कि कार्ड दिइएको हुन्छ । त्यहाा किङ साइज बेडदेखि ठूलो स्क्रिन भएको टिभी हुन्छ । यस हाई सेक्युरिटी जेलमा आलीशान होटलको सुइट जस्तो कोठा पनि हुन्छ, जहाा कैदीको पत्नी वा बच्चासाग मिल्न पाउछ ।

जेलको सबै रंग बैजनी कलरको छ । यहाा बस्ने कैदीलाई महिनामा चार सय डलर दिइन्छ । साथै पारिवारिक मनोरञ्जनका लागि पनि छुटी दिइन्छ । त्यसबेला गिफ्टका लागि दुई हजार ६ सय ६६ डलर पनि दिइन्छ ।

Skip This
Skip This
Logo