काठमाडौँ, १, माघ
वीरगन्जको सुपर ग्याँस उद्योगमा ग्याँस लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययन पश्चात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई सामान्य कारबाहीको सिफारिस गरेको हो ।
पुस ५ गते भएको उक्त दुर्घटनाको यथार्थ जानकारी लिन प्रधानमन्त्री कार्यालयको निर्देशनमा आपूर्ति मन्त्रालयले आपूर्ति विभागको महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गृह, उद्योग मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग सदस्य रहने गरी ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पुस ७ देखि १२ गते सम्म स्थलगत अध्ययन गरी अघिल्लो सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।
आपूर्ति मन्त्रालयका सचिव अनिल ठाकुरले दाहाल नेतृत्वको टोलीले तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा बुझाएको जानकारी दिए । प्रतिवेदन भने सार्वजनिक गरिएको छैन । उक्त ग्याँस आगलागीमा परी तीन जनाको ज्यान गइसकेको छ भने आधा दर्जन संख्यामा उद्योगका कर्मचारी घाइते छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया