काठमाडौँ, १, माघ
कास्की प्रहरीले जुवाखालबाट १२ जना जुवाडेलाई मोटो रकम सहित पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट १ लाख ४० हजार ५ सय ५० रुपैयाँ नगद सहित १२ जना जुवाडे रंगेहात पक्राउ परेका हुन् । "/>

पोखरामा १२ जुवाडे नगद सहित रंगेहात पक्राउ

पोखरामा १२ जुवाडे नगद सहित रंगेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १, माघ
कास्की प्रहरीले जुवाखालबाट १२ जना जुवाडेलाई मोटो रकम सहित पक्राउ गरेको छ । पोखराका दुई स्थानबाट १ लाख ४० हजार ५ सय ५० रुपैयाँ नगद सहित १२ जना जुवाडे रंगेहात पक्राउ परेका हुन् । अवैध रुपमा जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा पोखरा–लेखनाथ महानगरपालिकाबाट खटिएको प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो ।नगरको वडा नम्बर ११ रानीपौवास्थित रमेश पण्डितको घरमा डेरा गरी बस्ने अशोक शाहको कोठाबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई ९० हजार ३१० रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु पोखरा–१८ खपैदी स्थित स्युर स्पोर्ट रेष्टुरेण्टबाट ३ बुक तास सहित रंगेहात पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्ग बहादुर खत्रीले जानकारी दिए । उनले शाहको कोठामा अवैधरुपमा तास खेलीरहेको अवस्थामा पक्राउ गरेको बताए । पक्राउ पर्नेहरुमा पोखरा ११ रानीपौवाका ३४ वर्षीय अशोक शाह (घरधनी), सोही स्थानका ३१ वर्षीय कृष्ण थापा, ४८ वर्षीय गोपाल नेपाली, ४० वषीय वीरबहादुर नेपाली, पोखरा–१३ काहुखोलाका ४२ वर्षीय प्रेम राना र पोखरा–६ लेकसाईड बस्ने ३० वर्षीय वसन्त श्रेष्ठ रहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए । त्यस्तै प्रहरीले स्यूर स्पोर्ट रेष्टुरेण्टबाट पोखरा–६ लेकसाईडका ५८ वर्षीय कृष्ण पौडेल, सोही स्थान बस्ने ५० वर्षीय शक्ति पराजुली, ५५ वर्षीय भरत लामिछानेलाई पक्राउ गरेको छ ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo