काठमाडौं । २०२६ आइसीसी महिला टी-२० च्यालेन्ज ट्रफी अन्तर्गत नेपालले रुवान्डालाई २ विकेटले पराजित गरेको छ । रुवान्डाले दिएको ८९ रनको लक्ष्यलाई नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै अन्तिम २ बल बाँकी छँदा पूरा गर्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काको भूमिका निर्णायक रह्यो, जसले ४२ बलमा ७ चौका प्रहार गर्दै ४८ रनको उत्कृष्ट इनिङ्स खेलिन्।
लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात केही धर्मराए पनि पुजा महतोले १३ र बिन्दु रावलले १० रन जोड्दै इनिङ्सलाई अगाडि बढाएका थिए। यद्यपि, मध्यक्रममा कप्तान इन्दु बर्मा १ रनमा रन आउट भइन् भने कविता कुँवर शून्यमै आउट भएपछि नेपाल दबाबमा परेको थियो।
रुवान्डाका लागि जियोभानिस उवासेले घातक बलिङ गर्दै ३ विकेट लिइन् भने हेन्रिट र गिसेले इसिम्वेले २-२ विकेट लिएर खेललाई अन्तिम ओभरसम्म पुर्याए।
पहिले ब्याटिङ गरेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८८ रन मात्र बनाउन सकेको थियो।





























प्रतिक्रिया