बर्दिया , ३०,पुस
जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ । "/>

हुलाकी सडकमा अनियमितताः सरोकारवालाको ध्यान गएन

हुलाकी सडकमा अनियमितताः सरोकारवालाको ध्यान गएन

केन्द्रबिन्दु
0
Shares

बर्दिया , ३०,पुस
जिल्लामा हुलाकी सडक निर्माण कार्यले पछिल्लो समय तीव्रता पाए पनि ठेकेदार र आयोजना सम्बद्ध अधिकारीको मिलेमतोमा कमसल सामग्री प्रयोग गरी अनिमियतता गरेकोे पाइएको छ । मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग नगरेको ठहर प्राविधिक टोलीले गरेपछि अनियमितताको तथ्य खुलेको हो । २६ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको मधुवन नगरपालिका–८ देखि नेपाल–भारत सीमामा पर्ने मुर्तिहा सम्म १८ किलोमिटर सडक मापदण्ड विपरीत छ । यस्तै ढोढरी–भुरिगाउँ र ढोढरी–राजापुर गरी ७९ करोड रुपैयाँ लागतमा हुलाकी सडक निर्माण हुँदैछ।
सडकको तीनै खण्ड निर्माणको जिम्मा पप्पु, आशिष र शर्मा जेभी कम्पनीले पाएको छ । गुलरिया नगरपालिका भित्र पर्ने हुलाकी सडकमा मापदण्डविपरीत काम भइरहेकोे मेयर मुक्तिनाथ यादवले बताए । ‘सडकमा प्रयोग गरिएका निर्माण सामग्री आँखैले देखेर जो कोहीले पनि मापदण्ड विपरीत रहेको थाह पाउँछ’, उनले भने, ‘सडक पटानी देखि थिकनेस सम्म मापदण्ड विपरीत छ।’ नगरपालिकाको प्राविधिक सहितको टोलीले पटकपटक अनुगमन गरेको बताउँदै यादवले निर्माणक्रममा भएको त्रुटि सच्याएर काम अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरे । ‘मैले आयोजना प्रमुखलाई त्रुटि सच्याइदिन आग्रह गरेको छु’, उनले भने, ‘काम छिटोछरितो गर्ने नाममा गुणस्तरमा आँखा चिम्लनु भएन ।’
नागरिकबाट

Skip This
Skip This
Logo