‘विशेष कारणवश’ भन्दै बजेट अधिवेशन स्थगन

‘विशेष कारणवश’ भन्दै बजेट अधिवेशन स्थगन

केन्द्रबिन्दु
738
Shares

काठमाडौं । यही वैशाख १७ गते बोलाइएको बजेट अधिवेशन स्थगन भएको छ ।

सरकारको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले ‘विशेष कारणवश’ भन्दै अधिवेशन स्थगित गरेका छन् ।

यससअघि बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । तर केही गडबडी परेको भन्दै बिहीबारको मन्त्रिपरिषद्को बैठकले स्थगन गर्न पत्र पठाएको थियो । पत्रमा नयाँ मितिबारे केही खुलाइएको थिएन ।

Logo