काठमाडौं । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न प्रतिष्ठित टीभीएस ‘एआरई जिपी’ (अपाचे रेसिङ एक्सपिरियन्स)ग्रान्ड फिनालेमा नेपाली राइडरहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्।
अन्तर्राष्ट्रिय स्तरको चुनौतीपूर्ण ट्र्याकमा भएको उक्त प्रतिस्पर्धामा नेपालका तीन युवा राइडरहरूले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष पोडियम स्थान सुरक्षित गरेपछि नेपाली मोटरस्पोर्ट्सको क्षेत्रमा नयाँ उत्साह थपिएको छ।
नेपालमा आयोजना गरिएको एआरई जिपी छनोट प्रतियोगिताबाट चुनिएर चेन्नई पुगेका राइडरहरूले कठिन मोड र उच्च गतिका चुनौतीहरूलाई आत्मविश्वासी ढंगले सामना गर्दै नेपालको झण्डा फहराएका हुन्। प्रतियोगिताको २०० सीसी विधामा अभिनव राज मल्लले स्वर्ण पदक जित्दै पहिलो स्थान हासिल गरे।
त्यस्तै, ३१० सीसी जस्तो उच्च क्षमताको विधामा दिलीप दनुवारले प्रथम स्थान हात पारेर आफ्नो क्षमता प्रमाणित गरे। १६० सीसी विधामा सुजन थापा मगरले कडा प्रतिस्पर्धाका बीच दोस्रो स्थान हासिल गर्दै सफलताको यात्रालाई पूर्णता दिएका थिए। यो उपलब्धिले ग्रान्ड फिनालेमाको प्रभावकारितालाई थप प्रष्ट पारेको छ। स्थानीय प्रतिभालाई घरेलु सर्किटबाट उठाएर सिधै अन्तर्राष्ट्रिय मञ्चसँग जोड्ने यो अभियानले नेपाली रेसिङ क्षेत्रमा नयाँ पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ।
यस गौरवमय उपलब्धिबारे बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली राइडरहरूको सफलताप्रति बधाई ज्ञापन गरे । उनले यो जित उनीहरूको कठोर मेहनत र प्रतिबद्धताको परिणाम भएको र यसले नेपालको मोटरस्पोर्ट्स क्षेत्रको बढ्दो सम्भावनालाई उजागर गरेको बताए ।
गुप्ताले आगामी दिनमा पनि जगदम्बा मोटर्स र टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जस्ता प्लेटफर्ममार्फत युवा राइडरहरूको विकास र अन्तर्राष्ट्रिय सहभागिताका लागि कम्पनी निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे ।
टिभिएस रेसिङको लगानी र तयारीले गर्दा नै आज नेपाली राइडरहरू क्षेत्रीय रेसिङ सर्किटमा एउटा मजबुत शक्तिका रूपमा उदय भएका छन्।































प्रतिक्रिया