बागलुङका घरबास स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान

बागलुङका घरबास स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान

केन्द्रबिन्दु
24
Shares

गलकोट । दिगो पर्यटन प्रवर्द्धन परियोजनाले निसीखोला र ढोरपाटन क्षेत्रमा १८ घरबासको स्थापना तथा स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित पाखाथर सामुदायिक घरबास विस्तार र निसीखोला गाउँपालिकाको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालनका लागि प्रति घरबास रु दुई लाख ५० हजारका दरले अनुदान प्रदान गरिएको हो ।

परियोजनाका प्रमुख अमर थापाका अनुसार युवा उद्यमशीलता वृद्धि, महिलाको आत्मनिर्भरता र पर्यटकमैत्री घरबास सञ्चालनलाई प्रोत्साहन गर्न अनुदान दिइएको हो ।

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास सञ्चालन गर्ने लक्ष्यअनुसार हाल निसीखोलामा चार र ढोरपाटनमा १४ घरलाई अनुदान उपलब्ध गराइएको छ ।

Logo