काठमाडौँ। बढ्दो वायुप्रदूषणलाई ध्यानमा राख्दै ब्ल्याक प्लस डेकर ब्रान्डले आफ्ना कम्पनीका एयर प्युरिफायर प्रयोग गर्न सुझाव दिएको छ ।
सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक प्लस डेकरले घरभित्रको हावा शुद्ध राख्न आधुनिक प्रविधिको प्रयोग गर्न उपभोक्तालाई सुझाव दिएको हो । कम्पनीले विशेषगरी सहरी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई एयर प्युरिफायरजस्ता उपकरण प्रयोग गरी स्वास्थ्य जोखिम घटाउन आग्रह गरेको छ ।
कम्पनीका अनुसार यस ब्रान्डको एपी–३५६०–बी–५ मोडेलको एयर प्युरिफायरले तीन तहको फिल्ट्रेसन प्रणालीमार्फत हावामा रहेका हानिकारक कण हटाउँछ । यस्तै, ट्रु हेपा १३ फिल्टरले फिल्टरले ९९.९७ प्रतिशतसम्म सूक्ष्म कण र एलर्जीकारक तत्व हटाउने दाबी गरिएको छ ।
यस्तै, एक्टिभेटेड कार्बन फिल्टरले धुवाँ, गन्ध र हानिकारक ग्यास सोस्ने बताइएको । यसमा रहेको प्रि–फिल्टरले ठुला धुलोका कण र अन्य फोहोर रोक्दै मुख्य फिल्टरको आयु बढाउन सहयोग पुर्याउने दाबीसमेत गरिएको छ ।





























प्रतिक्रिया