कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

कूटनीतिक आचारसंहिता पालनामा परराष्ट्रमन्त्रीको जोड

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन्।

तारकेश्वर नगरपालिका–१० द्वारा मनमैजुमा आज आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पद धारण गरेका सबै व्यक्तिलाई कूटनीतिक आचरण समान रूपमा लागू गर्ने दिशामा काम भइरहेको जानकारी दिए।

उनले भने, “प्रधानमन्त्री, मन्त्रीलगायत सबैका लागि कूटनीतिक आचारसंहिता समान रूपमा लागू गर्न हामीले तालिमको व्यवस्था गरेका छौँ। कूटनीतिक नियम सबैले पालना गर्नुपर्छ।”

अर्को प्रसङ्गमा मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार अघि बढ्दै सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएर अगाडि बढिरहेको उनको भनाइ थियो।

Logo