चिसो र शीतलहरले २८ को मृत्यु, कहाँ कति ?

चिसो र शीतलहरले २८ को मृत्यु, कहाँ कति ?

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २८ पुस । देशभर बढेको चिसो र शीतलहरका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । शीतलहरका कारण तराई मधेसका जिल्लाहरू बढी प्रभावित भएका छन् । 

चिसो लागेर सप्तरी र रौतहट जिल्लामा मानवीय क्षति बढी भएको भएको छ । सप्तरीमा ११ जना र रौतहटमा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, सर्लाहीमा तीन र सिराहामा दुई जना, पर्सा, कपिलवस्तु, महोत्तरी र धनुषामा एक–एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् ।

Logo