काठमाडौं ,२८,पुस
विभिन्न बहानाबाजी देखाएर अत्तो थाप्दै आएको चाइना थ्री गर्जेज इन्टरनेसनल (सीटीजीआई) ले निर्माण सम्बन्धी ‘कार्य योजना पठाइरहनुको अर्थ छैन’ भन्दै सरकारलाई पत्राचार गरेपछि जलाशय युक्त पश्चिम सेती (७५० मेगावाट) को भविष्य अन्योलमा परेको छ । ‘आयोजना निर्माण सम्बन्धी कार्य योजना’ पठाउनुको कुनै तुक नरहेको भन्दै सीटीजीआईले पश्चिम सेती समन्वय गरिरहेको लगानी बोर्डलाई अघिल्लो साता पत्राचार गरेपछि दुई दशक भन्दा बढी प्रतीक्षित आयोजना विघटनको संघारमा पुगेको छ । गत अक्टोबरमा लगानी बोर्डले सीटीजीआईले निर्माण तालिका र समय उल्लेख गर्दै ‘कार्य योजना’ छिटो पेस गर्न पत्राचार गरेको थियो ।
उक्त पत्रको जवाफ दिँदै सीटीजीआईले प्रमुख रूपमा दुई वटा विषयमा सरकारले निर्णय गर्न नसकेको भन्दै आयोजनाबाट विमुख हुन लागेको हो । उसले लेखेको पत्रानुसार हाल विद्युत् प्राधिकरणले कायम गरेको जलाशययुक्त आयोजनाको विद्युत् खरिद दर र उसले हाल सम्म गर्दै आएको खर्चको पुँजीकरणलाई मुख्य मुद्दा बनाएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए।
उनका अनुसार हाल प्राधिकरणले लागू गरेको भनिएको जलाशययुक्तको विद्युत् खरिद सम्झौता (पीपीए) दरले आयोजना पश्चिम सेती ‘लगानी योग्य नहुने’ दाबी सीटीजीआईको छ । त्यसैगरी अर्को मुख्य चासोका रूपमा रहेको उसले हाल सम्म गरेको ८० करोड रुपैयाँ लगानीलाई राष्ट्र बैंकले पुँजीकरण नगरिदिएकाले समस्या परेको उल्लेख छ।
अन्नपूर्णबाट































प्रतिक्रिया