कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

केन्द्रबिन्दु
477
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।

संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । सोमबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए ।

उनले भने, ‘सबैको प्रतिक्षाको विषय नेपाली कांग्रेस संसदीय दलको नेताका सन्दर्भमा धेरै चासो, धेरै प्रश्नहरु उठेकाले स्पष्टता गर्न जरुरी थियो । विशेष गरेर नेपाली कांग्रेसको अहिलेको संसदीय संरचनामा उपस्थितीमा दलको जुन विधान थियो त्यो विधानलाई समयसापेक्ष केही परिवर्तन गर्नुपर्ने आवश्यकता भएको हुनाले केही दिन ढिलाई हुन गएको हो । लोकतान्त्रिक पार्टीको चुनावमा सर्वसम्मति गर्नु पनि एउटा निर्वाचनकै एउटा अंग हो। यसअन्तरगत पार्टीले ३८ जना सबै योग्य साथिहरुमध्येबाट कसलाई संसदीय दलको नेता बनाउने भन्ने सन्दर्भमा पार्टीको केन्द्रको तर्फबाट सर्वसम्मतको प्रयास बमोजिम पार्टीले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेका छौं ।’

कांग्रेसमा ३८ जना सांसद छन्। आङ्देम्बे समानुपातिक तर्फवाट सांसद भएका हुन् ।

Logo