काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले होटल तथा रिसोर्टमा कार्यक्रम नगर्न मातहतका सबै कार्यालयलाई सर्कुलर जारी गरेकाे छ ।
मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले एक परिपत्र जारी गर्दै आगामी दिनमा हुने सबै प्रकारका औपचारिक कार्यक्रमहरू सरकारी संरचनाभित्रै सञ्चालन गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको हो ।
मन्त्रालयले जारी गरेको पत्रअनुसार अबदेखि मन्त्रालय मातहतका विभाग, आयोग, प्राधिकरण, प्रशिक्षण केन्द्र तथा अन्य कार्यालयहरूले आयोजना गर्ने बैठक, गोष्ठी, तालिम र सेमिनारहरू महँगा होटल वा रिसोर्टमा आयोजना गर्न पाउने छैनन् ।
यसको सट्टा सम्बन्धित निकायले आफ्नै कार्यालय परिसर वा अन्य सरकारी स्वामित्वमा रहेका भवनका सभा कक्ष र तालिम कक्षहरू प्रयोग गर्नुपर्नेछ ।






























प्रतिक्रिया