लालबाबु पण्डित बिहानै झाडू बोकेर सडकमा निस्केपछि…

लालबाबु पण्डित बिहानै झाडू बोकेर सडकमा निस्केपछि…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २७ पुस ।

नेकपा एमालेका नेता लालबाबु पण्डित बिहिबार बिहानै हातमा झाडू लिएर सडकमा आएका छन् । बिहान पण्डित हातमा झाडू र फोहोर हाल्ने टोकरी सहित सडकमा आएपछि अन्य व्यक्तिहरु पनि उनलाई साथ दिएका आएका थिए ।

क्लिन काठमाडौं अन्तर्गत ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नाराका अभियानको सुरुवातमा कोटेश्वरबाट माइतीघर मण्डलासम्मको सडक सफा गरिएको छ ।

अभियानमा नेता पण्डितसँगै काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीका साथै विद्यार्थी, सुरक्षाकर्मी लगायतले सहभागिता जनाएका छन् । सामान्य प्रशासनमन्त्री हुँदा कर्मचारी प्रशासनभित्रको विकृति हटाउने प्रयास गरेर पण्डित चर्चामा आएका थिए ।

Skip This
Skip This
Logo