नेपाललाई ओमानले दियो ३०६ रनको विशाल लक्ष्य, जतिन्दरको शतक

नेपाललाई ओमानले दियो ३०६ रनको विशाल लक्ष्य, जतिन्दरको शतक

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को १००औँ एकदिवसीय खेलमा ओमानले घरेलु टोली नेपालसामु ३०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन को उच्च स्कोर खडा गरेकाे हाे । ओमानको यो विशाल योगफलमा कप्तान जतिन्दर सिंहको विष्फोटक शतकीय पारी मुख्य रह्यो। उनले मात्र ९६ बलको सामना गर्दै १५ चौका र ५ छक्काको मद्दतले १३० रन को सानदार इनिङ्स खेले।

ओमानका लागि जितेन रामानन्दीले ४३ रन र आर्यन विष्टले ३५ रन जोडे भने हम्माद मिर्जाले ३० रनको योगदान दिए। बलिङतर्फ नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट हात पारे।

Logo